आमालाई जन्मकैद, बाबुलाई सफाइ

By खबरहब

February 05, 2019

काठमाडौं– लोग्ने परदेश गएको बेला देवरसँग सम्बन्ध राखी बच्चा जन्माएर मारेको अभियोगमा ओखलढुंगाकी गुनिसा थापामगरलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ भने देवर सोमबहादुर थापाले सफाइ पाएका छन् ।

एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरकफरक आदेश सुनाएको हो । देवरको आदेशमा गुनिसाले शिुशु मारी फालेको बयान दिए पनि यसमा सोमबहादुरको प्रत्यक्ष भूमिका नभएकाले अदालतबाट सफाइ पाएको निमित्त जिल्ला न्यायाधिवक्ता सिर्जना घिमिरेको भनाइ छ । साक्षी प्रमाण नपुगेकाले सोमबहादुरले सफाइ पाएको जनाइएको छ । खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।