खेलकुद

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

By खबरहब

May 05, 2019

एजेनस्सी- लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाईटेडलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थान बनाएको हो । प्रतियोगितामा न्युक्यासल ३–२ गोल अन्तरले पराजित भयो ।

लिभरपुलको जीतका लागि १३ औ मिनेटमा भर्जिल भान डिजिकको गोलबाट अग्रता लिएको थियो । खेलको २० औ मिनेटमा न्युक्यासलका क्रिस्टियन अत्सुले बराबरी गोल फर्काएका थिए । २८ औ मिनेटमा मोहमद सालाहले गोल गर्दै पुन लिभरपुललाई अग्रता दिलाए ।

५४ औ मिनेटमा घरेलु टोलीका सलोमन रोन्डोनले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । खेल सकिन ४ मिनेट अघि मैदान छिरेका डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए ।

शीर्ष स्थानको लिभरपुलले ३७ खेलबाट ९४ अंक जोडेको छ । एक खेल कम खेलेको सिटी ९२ अंक सहित दोस्रो स्थानमा छ । न्युक्यासल ४२ अंक सहित १४ औ स्थानमा छ ।