समाचार

सर्भर डाउन हुँदा देशभरका सरकारी वेबसाइट बन्द

By खबरहब

May 05, 2019

काठमाडौं– सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी वेबसाइट खुल्न छाडेका छन् । सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगे पनि सर्भर जीओभीडट्नएनपी (gov.np) डाउन भएपछि देशभरका अधिकांश सरकारी कार्यालयका साइट बन्द भएका हुन् ।

सरकारी साइट भिजिट गर्नेको संख्या उच्च हुँदा सर्भर डाउन भएको हुनसक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका एक अधिकारीले जानकारी दिए ।

सरकारी सर्भर बन्द हुँदा सरकारी कार्यालयबाट प्रदान हुने सेवा समेत प्रभावित भएको छ ।

सरकारी सर्भर डाउन हुँदा यातायात व्यवस्था कार्यालय, नापी तथा मालपोत कार्यालयको सेवा प्रभावित भएको छ ।