अन्य

समायोजनविरुद्ध कर्मचारीको विरोध, निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

By खबरहब

May 05, 2019

काठमाडौं– ऐनको मर्मविपरित समायोजन भएको भन्दै अदालत पुगेका कर्मचारीको माग अनुसार सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

तारकेश्वर नगरपालिकामा कार्यरत सीअहेब अरुण कुमार गिरीले समायोजना ऐन विपरित आफ्नो सरुवा भएको भन्दै सरकार विरुद्ध सर्वोच्चमा रिट निवदेन दिएका थिए ।

गिरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलाशले समायोजनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौंको तारेकश्वर नगरपालिकामा कार्यरत गिरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामेछापको मन्थली नगरपालिकामा समायोजन गरेको थियो ।

यस्तो छ अदालतको आदेश