रोजगार

मानव संशाधन विकासका लागि नेपालले भुटानसँग सहकार्य गर्ने

By खबरहब

June 05, 2019

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मानव संशाधनको विकासका लागि नेपाल सरकार भुटानसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले मानव संशोधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको बताए ।

नेपाल र भुटानले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने बताएका खतिवडाले तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संशोधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको पनि बताए ।