क्रिकेट

दक्षिण अफ्रिकाद्वारा भारत सामु २२८ रनको लक्ष्य

By खबरहब

June 05, 2019

काठमाडौं– विश्वकपको क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले भारतसामु २२८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे । यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २२ विकेट लिएका थिए ।