काठमाडौं– राप्रपा संयुक्तको केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ ।
अध्यक्ष पशुपतिशमशेर जवराको अध्यक्षतामा सुरु भएको बैठकमा राजनीतिक, आर्थिक लगायतका प्रतिवेदन माथि छलफल हुने छ ।
अर्पण पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष राणाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सचिवालय प्रतिवेदन सचिवालय संयोजक ध्रुब बहादुर प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्याम तिमिल्सिनाले प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता रबिन चम्लिङ राईले जानकारी दिए ।
आजबाट सुरु भएको बैठक भोलि साझ ५:३० बजे सम्म जारी रहने प्रवक्ता राईले जानकारी दिए ।