रोचक/विचित्र संसार

हिटलरको खाटमा सुत्थे यी अर्बपति

By खबरहब

March 06, 2019

बेलायतका एक अर्बपतिले जर्मन तानाशाह हिटलरको पार्टी नाजीको यादलाई संकलन गर्ने अनौठो रेकर्ड बनाएका थिए ।

६० सालका क्याविन व्हीटक्राफ्ट अरबौं रुपैयाँका मालिक हुन् । उनीसँग विश्वको सबैभन्दा ठूलो नाजी पार्टीको संकलनहरु रहेका छन् ।उनले हिटलरले प्रयोग गर्ने गरेको कक्ष, खाटसमेत किनेका थिए ।

आफू हिटलर सुत्ने गरेको खाटमा सुत्ने गरेको उनले बताएका थिए । तर अहिले हिटलर सुतेको गद्दा भने आफूले परिवर्तन गरेको उनको भनाइ थियो । उनले शौकको रुपमा वर्षौ लगाएर दोस्रो विश्वयुद्धको विभिन्न सामानहरु जम्मा गरेका थिए ।

उनीसँग ८८ ट्यांक पनि रहेको छ । त्यस्तै काठहरुबाट बनेको र्‍याक पनि किनेका थिए जसमा बसेर हिटलरले आफ्नो आत्मकथा लेखेका थिए । उनले अब आफूले किनेको एक महल बेच्ने फैसला गरेका छन् ।