मनोरञ्जन

जनगायक जीवन शर्माले भने – मसालले पार्टीबाट निकालेको आधिकारिक जानकारी छैन

By खबरहब

February 06, 2019

काठमाडौं – जनवादी लोकप्रिय गायक जीवन शर्माले आफूलाई मसालले ६ महिनामा निलम्बन गरेको बारेमा आधिकारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले उनलाई अल्पमत भएको पार्टीलाई सहयोग गरेको भन्दै पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको थियो । उनलाई पार्टीको हितविपरीत जापानमा गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागी भएको कार्यक्रममा गीत गाएको लगायतका आरोप लगाएको छ ।

जनगायक शर्माले भने पार्टीले आफू अहिले काठमाडौं बाहिर भएको र इन्टरनेटको पहुँचभन्दा बाहिर भएकालेसमाचार समेत राम्ररी पढ्न नपाएको प्रतिक्रिया दिए । ‘म बाहिर छु, इन्टरनेट पनि राम्ररी काम गरेको छैन, मैले पनि समाचार हेरेरै थाहा पाएको हुँ, आधिकारिक जानकारी आएको छैन ।’, उनले भने ।

शर्माले गाएका झरनाको चिसो पानी? सामन्तले, फोक्लाण्डको टापुबाट, सिमली छायामा बसी लगायतका गीत चर्चित छन् ।