अन्तर्राष्ट्रिय

नेटो सम्मेलनमा ट्रम्प सहभागी हुने

By खबरहब

February 06, 2019

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको डिसेम्बर महिनामा बेलायतको भ्रमण गर्ने भएका छन् ।

उत्तर एटलाण्टिक सन्धी संगठन नेटोको सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प डिसेम्बर महिनामा लण्डन जान लागेको नेटोका प्रमुख जन्स स्टोल्टेनबर्गले जनाएका छन् ।

स्टोल्टेनबर्गले ट्वीट गर्दै सम्मेलनमा नेताहरुले बढ्दो सुरक्षा चुनौतीका विषयमा सम्बोधन गर्ने जनाएका छन् । लण्डनमा हुने सम्मेलन डिसेम्बरमा हुने भनिएपछि सम्मेलनको मिति भने सार्वजनिक गरिएको छैन ।