देश/प्रदेश

भूकम्पको भ्रम फैलाउने अर्जुनले प्रहरी समक्ष दिए यस्तो बयान, के हुन्छ कारबाही ?

By खबरहब

June 06, 2019

काठमाडौं– नेपालमा जेठ २९ भित्र महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरी अपवाह फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार क्षत्रीले अनुमानको भरमा भविष्यवाणी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

जनमानसमा महाभूकम्पको भ्रम फैलाएकोमा प्रहरी हिरासतमा रहेका उनले बयान दिने क्रममा यस्तो बताएका हुन् । उनी ज्योतिष नै नभएको आशंकामा प्रहरीले थप अनुसन्धान पनि अगाडि बढाएको छ ।

महाभूकम्पको भविष्यवाणी गरेर जनतामा भ्रम फलाएको आरोपमा अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । युट्युवरहरूलाई बोलाएर महाभूकम्पको हल्ला फैलाएको आरोपमा उनलाई मंगलबार दिउँसो प्रहरीले गौशालाबाट पक्राउ गरेको थियो ।

उनीमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरिवाना हुनसक्ने बताइएको छ । बयानको क्रममा उनी ज्योतिष नै नभएको आशंका पनि बढेको एक प्रहरी अधिकृतले बताएका छन् । उनलाई ज्योतिष महासंघले पनि कारबाही गरेर निस्कासन गरिसकेको बताएको छ।