फाइल तस्वीर

क्रिकेट

पीएम कप क्रिकेट : पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य

By खबरहब

June 06, 2019

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपीएफले कमजोर शुरुवात गरेको छ ।

एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहीवार जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफलाई सस्तैमा समेट्न पुलिसका बलरले उत्कृष्ट प्रदर्शन गरे । पुलिसका बलरले उत्कृष्ट बलिङ गर्दा एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२२.१ ओभर खेलेको एपीएफले सबै विकेट गुमाएर ४१ रन मात्रै बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको एपीएफको ब्याटिङलाईन ध्वस्त हुँदा पुलिसले मात्रै ४२ रनको लक्ष्य पाएको हो ।

एपीएफविरुद्ध राष्ट्रिय क्रिकेट टोलीका बलर ललित नारायण राजवंशीले ४ विकेट लिए भने कुसल भसुर्तेल र सागर ढकालले समान ३–३ विकेट लिए ।