फाइल फोटो

पर्यटन

नेपाल भ्रमण वर्ष सफल पार्ने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता

By खबरहब

August 06, 2019

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आफू केन्द्रित रहेको बताएका छन् ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आगामी १५ दिन भित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरे । मंगलबार नेपाल चलचित्र निर्माता संघका पदाधिकारीहरुसँग आफ्नै मन्त्रालयमा भएको सामूहिक भेटमा उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन लेखक, कलाकार, पत्रकार सबैसँग सहयोगको अपेक्षा गरे ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउन आफूले मुख्य ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।