अन्तर्राष्ट्रिय

भारतको तल्लो सदनबाट पनि पारित भयो जम्मु कश्मीर टुक्र्याउने विधेयक

By खबरहब

August 06, 2019

नयाँ दिल्ली– जम्मु कश्मीरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजित गर्ने विधेयक भारतका दुई वटै सदनबाट पारित भएको छ ।

सोमबार केन्द्रीय संसदको माथिल्लो सदन राज्य सभाबाट पारित भएको विधेयक मंगलबार तल्लो सदन लोक सभाबाट पनि पारित भएको छ ।

गृहमन्त्री अमित शाहले मंगलबार लोक सभामा पेश गरेको विधेयकको पक्षमा ३ सय ६६ र विपक्षमा ६६ मत परे ।

यसका अतिरिक्त भारतीय संविधानको धारा ३७० निलम्बन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

लोक सभाबाट विधेयक पारित भएसँगै अब जम्मु कश्मीर २ अलग केन्द्र शासित राज्यभा विभाजित भएको छ । जम्मु र लद्दाक अब २ छुट्टा छुट्टै केन्द्र शासित राज्यका रुपमा रहनेछन् ।