मनोरञ्जन

पूर्णिमाको गीतमा अञ्जली र हिमाल (भिडियो)

By खबरहब

November 06, 2019

काठमाडौं – गायिका पूर्णिमा लामाको स्वरमा सजिएको ‘हर पाइला पाइलामा’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको यो आधुनिक गीत रोमान्टिक शैलीको छ ।

देव लामाले लेखेका शब्दमा भेषराज बस्नेतले संगीत भरेका हुन् । यस्तै गीतमा कुमार रानाको मिक्सिङ छ ।

जीवनभर साथ दिने वाचा गरिएको गीतको भिडियोमा अञ्जली अधिकारी र हिमाल खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने शेरबहादुर डिसीले निर्देशन गरेका हुन् ।