समाचार

काठमाडौंको बसन्तपुर मखनमा आगलागी

By खबरहब

March 07, 2019

काठमाडौं– काठमाडौंको बसन्तपुर स्थित मखनमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि डेढ घन्टा लागेको र अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको एसएसपी वसन्त लामाले जानकारी दिए ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।