प्रहरी

८ जना प्रहरी इन्सपेक्टरको काज सरुवा, को कहाँ पुगे ?

By खबरहब

December 07, 2019

काठमाडौं– नेपाल प्रहरीको प्रधान कार्यालयले ८ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको काज सरुवा गरेको छ । उपत्यकाका तीन बृत्त र एक प्रभाग केही जिल्लाकाप्रहरी निरीक्षकहरुको काज सरूवा गरेको हो ।

सरुवा सूचीअनुसार महानगरीय प्रहरी प्रभाग बलम्वुमा खेमराज रावतको सरुवा भएको छ । त्यस्तै विशाल तामाङलाई जिल्ला ट्राफिक कार्यालय बनेपा काभ्रेमा सरुवा गरेका छ ।

योगेन्द्र तिमिल्सिना ईप्रका बनेपा,निरञ्जन भटराई प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखा नक्साल, दामोदर सिलवाल महानगरी प्रहरी महाशाखा रामशाहपथ, शंकर खड्का जिल्ला प्रहरी कार्यालय रोल्पा, फलवहादुर तामाङ ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोक महेन्द्र दर्नाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुमा सरुवा गरेको छ ।