खेलकुद

एफए कपको फाइनलमा पुग्यो सिटी

By खबरहब

April 07, 2019

एजेन्सी– ब्रीगहनटोन एण्ड होभ अल्वाओनलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो सेमिफाइनल खेलमा सिटीले ब्रीगहनटोनलाई १—० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्यो ।

विम्वलिमा भएको खेलमा सिटीले खेलको शुरुआती १० मिनेटभित्रै गोल गर्दै अग्रता बनाएको थियो ।

खेलको ७ औं मिनेटमा गाब्रीयल जिससले गोल गर्दै टिमलाई पहिलो हाफमा १—० गोलको अग्रता दिलाएका थिए ।

बाँकी खेलमा ब्रीगहमटोनले रक्षात्मक खेल्दा सिटीका फरवार्डले गोल गर्न नसकेपछि जेससको गोल निर्णायक बन्यो ।

पहिलो सेमिफाइनलबाट सिटी विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनलमा वार्टफोड र वोल्भ्सबीचको खेलको विजेता टोलीले फाइनलमा सिटीको सामना गर्नेछ ।

एफए कपको उपाधिका लागि फाइनल खेल मे १८ मा हुनेछ ।