बलिउड/हलिउड

पूरा दिन तैमूरको बारेमा सोच्छिन् करीना कपूर, गर्छिन् चिन्ता

By खबरहब

February 07, 2019

मुम्बई – बलिउड अभिनेत्री करीना कपूर खान आफ्नो स्टाइलिस लूकका कारण उत्तिकै चर्चामा छिन् । उनी आफ्नो पर्सनल र प्रोफेसनल लाइफलाई राम्रोसँग ब्यालेन्स गरिरहेकी छिन् । उनले आफ्नो छोरा तैमूर अली खानको पनि खुबै ख्याल गर्छिन् । उनका साथ खेल्छिन्, समय बिताउँछिन् । क्याटवाकका लागि जान्छिन् । आमा–छोराका तस्वीर सामाजिक सञ्जालमा यही कारण पनि भाइरल हुने गरेको छ ।

View this post on Instagram

A post shared by Kareena Kapoor Khan FC (@kareenakapoorteam)

करीनाले एक अन्तर्वार्तामा तैमूरका बारेमा खुलेरै कुरा गरिन् । उनले छोरालाई घरमा छोडेर काममा जानुपर्दा कस्तो महसुस हुन्छ भनेर बताएकी छिन् । उनले भनेकी छिन् ‘जब म कामका लागि घरबाहिर निस्कन्छु, तब म तैमूरका बारेमा सोच्छु ।’

उनले अगाडि थपिन्, ‘मलाई लाग्छ, एक कामकाजी आमाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा पूर्ण विश्वास गर्नु हो, म बिहानै निस्कन्छु, मलाई लगातार तैमूरको चिन्ता हुन्छ ।’

सैफ अली खान र करीना कपूरको छोरा तैमूरका मिडियामा बारम्बार जसो आउने गर्छन् ।