देश/प्रदेश

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

By खबरहब

July 07, 2019

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कैलालीको ताम्चा, सुगरखालस्थित नवदुर्गा राष्ट्रिय निमाविको व्यवस्थापन समिति अध्यक्ष यामबहादुर घर्तीमगरसहित ४ जना र जिल्ला अदालत बाराका खरिदार सुनील चौधरीविरुद्ध अख्तियारले विशेषा अदालतमा मुद्दा दायर गरिएको हो ।

घर्तीमगरले तत्कालीन प्रधानाध्यापक गोकर्णप्रसाद उपाध्यायसँग मिलेर दैलेखका शिक्षक अशोकप्रसाद तिवारीको अध्ययन अनुमतिपत्र पेस गरी व्यवस्थापन समितिको फर्जी निर्णय पुस्तिका र नियुक्तिपत्र तयार पारेर राहत शिक्षक कोटामा प्रकाशमान जैसीलाई नियुक्त गरेको अख्तियारले जनाएको छ ।

चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्न सेवाग्राहीसँग १८ हजार रुपैयाँ घूस लिएको अख्तियारको आरोप छ ।