रोचक/विचित्र संसार

सुन्दर युवतीलाई सिधै ट्राफिक प्रहरीको जागिर !

By खबरहब

August 07, 2019

एजेन्सी– विश्वमा विचित्रका घटनाहरु घट्छन् । केही सुन्दा अचम्म लाग्ने केही पत्याउन पनि मुस्किल हुने समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् ।

उत्तर कोरियाको यस्तै अचम्मको नियम छ, जहाँ सुन्दर युवतीलाई रोजेरै ट्राफिक प्रहरीको जागिर दिइन्छ ।

उत्तर कोरियाको राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि नौलो कुरा होइन । यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट पनि व्यवस्था छ । उक्त वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ ।

वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेस समेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन् ।

यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामा समेत प्रयोग गरिन्छ । देशका युवतीहरु पनि यो जागिरको लागि मरिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्ने गर्छन्।