बलिउड/हलिउड

२५ वर्षपछि पुन:रिलिज हुँदैछ दुनियाँलाई चकित पार्ने जेल जीवनको यो फिल्म

By खबरहब

August 07, 2019

अमेरिका – सुपरहिट हलिउड फिल्म ‘द शशांक रेडिम्प्सन’ रिलिजको २५ वर्ष पुगेको अवसरमा पुनः रिलिज हुने भएको छ । टिम रबिन्स र मोर्गन फ्रीम्यान स्टारर यो फिल्म सन् १९९४ मा रिलिज गरिएको थियो ।

ओस्कार नोमिनेटेड यो फिल्म जेलभित्र छायांकन गरिएको थियो । फिल्मलाई जेल जीवनमा आधारित रहेर बनेका हालसम्मका फिल्ममध्ये उत्कृष्टमा एक मानिन्छ । फिल्म रिलिजसँगै छायांकन गर्दाका केही स्मरणीय झलक पनि देखाइने भएको छ ।

बक्स अफिसमा धूम मच्चाउन सफल यो फिल्म अझै पनि विश्वकै उत्कृष्ट फिल्मको लिस्टमा अटाउँछ । फिल्मले १६ मिलियन अमेरिकी डलरभन्दा पनि बढी कमाइ गरेको थियो ।

फिल्ममा एक निर्दोष पुरुष जेलमा परेपछि हुने घटनाक्रमलाई देखाइएको छ । उक्त कैदीको जेलमा अर्का एक कैदीसँग भेट हुन्छ । जेलमै कैयन् वर्ष बिताउनुपरेको कथालाई फिल्ममा देखाइएको छ ।

फिल्ममा जेलभित्र हुने शोषण, अपराध र भ्रष्टाचारलाई देखाइएको छ । अभिनय र कथाका हिसाबले पनि यो फिल्मले चौतर्फी तारिफ पाउनुका साथै अहिले पनि चर्चा छ ।