अन्तर्राष्ट्रिय

१ करोड ९० लाख वर्ष पुरानो विशाल सुगाको अवशेष फेला

By खबरहब

August 07, 2019

वेलिङटन– न्यूजिल्याण्डमा विशाल आकारको प्राचिन सुगाको अवशेष फेला परेको छ ।

दक्षिणी न्यूजिल्याण्डको ओटागो क्षेत्रस्थित सेन्ट बाथान्स नजिकै १ करोड ९० लाख वर्ष पुरानो सुगाको अवशेष फेला परेको हो । उक्त सुगाको आकार १ मिटर अग्लो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअनुसार उक्त सुगा औसत मानिसको उचाईभन्दा आधा उचाईको रहेको बताइएको छ ।

मंगबार बायोलोजी लेटर्स जर्नलमा प्रकासिश शोधमा उक्त सुगाको आकार अनुसार अहिलेका चराभन्दा भिन्न मंसाहारी किसिमको रहेको हुनसक्ने विश्वास गरिएको छ । ७ किलोग्राम वजन रहेको रहेको ठानिने उक्त सुगाको वजन यसअघि पत्ता लागेको सबैभन्दा विशाल सुगा ‘काकापो’ को वजनभन्दा दुई गुणा धेरै हो ।

धेरै ठूलो आकार रहेका कारण यो चरा उड्न नसक्ने वैज्ञानिकहरुको भनाइ छ । पछिल्लो फेला पारिएको सुगाभन्दा ठूलो अरु कुनै सुगा नभएका कारण यो खोजीलाई निकै ठूलो उपलब्धी मानिएको छ ।