खेलकुद

साफ च्याम्पियनसिप खेल्ने जुनियर टिमको घोषणा

By खबरहब

August 07, 2019

काठमाडौं – यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । अगस्ट २१ देखि ३१ सम्म भारतको कल्यानी रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय युवा टोलीको घोषणा गरेका हुन् ।

यसअघि ५२ खेलाडी रहेकोमा त्यसबाट उत्कृष्ट २३ जनालाई छानेका हुन् । श्रेष्ठ मुख्य प्रशिक्षक रहँदा राज कुमार केसी सहायक प्रशिक्षक र विनोद महर्जन गोलकिपर प्रशिक्षक छन् ।

भारतमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

युवा टोलीमा छानिएकाहरु :

गोलकिपर : ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी

डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्ड : जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फर्वाड : किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी, शंशाक बोहरा