समाचार

काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तालिम

By खबरहब

December 08, 2019

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तथा क्षमता अभिवृद्धि तालिम आइतबारबाट शुरु भएको छ ।

प्राधिकरणमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई दिइने सो तालिम मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिम व्यवस्थापन समूहका संयोजक उप–प्रशासकीय अधिकृत शुभाषचन्द्र अर्यालले बताए ।

तालिममा प्राधिकरण र प्राधिकरण अन्तर्गतका जिल्ला कार्यालयहरुमा कार्यरत ५८ जना सहायकस्तरका कर्मचारीहरु सहभागी रहेका छन । १४ वटा सत्रमा विभाजन गरिएको तालिमलाई १० जना प्रशिक्षकहरुले प्रशिक्षण दिने व्यवस्था मिलाइएको संयोजक अर्यालले बताए ।

प्राधिकरणको आफ्नै भवन अनामनगरमा चलेको तालिमको व्यवस्थापन उप–प्रकाशकीय अधिकृत शुभाषचन्द्र अर्याल, सहायक प्रकाशकीय अधिकृत सन्तोषी सापकोटा र कविता भट्टराईले गरेका छन् ।