देश/प्रदेश

ट्रकको ठक्करबाट पैदाल यात्रुको ज्यान गयो

By खबरहब

December 08, 2019

हेटौंडा- मकवानपुरको हेटौंडा ३ को बसामाडीमा ट्रकको ठक्करबाट एक पैदाल यात्रुको ज्यान गएको छ ।

स्थानीय ६५ बर्षीय लालबहादुर राईको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको छ ।