प्रेरक

जति भोकाएपनि बाघले घाँस खाँदैन

By खबरहब

April 08, 2019

चाणक्य अर्थात कौटिल्य । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनका केही महानवाणीहरु छन् जुन तपाईंको जीवनमा अति नै महत्वपुर्ण हुनसक्छ । – यदि तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस् – संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो । – सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो । – तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र स्वजन सँग कहिल्यै विवाद नगर्नुस् – धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो । – कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो । – सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ। – श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ । – जति नै भोकाएपनि बाघले घाँस कहिल्यै खाँदैन ।