इनसाइट/स्पेशल

मकालु हिमाल आरोहणमा रहेका पेरुभियन नागरिकको मृत्यु

By खबरहब

May 08, 2019

काठमाडौं– मकालु हिमाल आरोहणका क्रममा रहेका ल्याटिन अमेरिकी मुलुक पेरुका एक जना आरोहीको मृत्यु भएको छ ।

६५०० मिटर उचाईमा रहेको मकालु हिमालको क्याम्प २ मा हिमालको शिखरमा आरोहण गर्ने पूर्वतयारीमा रहेका पेरुभियन आरोही रिचर्ड हिडाल्गोको मृत्यु भएको हो ।

उनी गत मे ७ मा केही शेर्पाहरुसहित क्याम्प २ पुगेका थिए । उनको साथ आएका शेर्पाहरु भने त्यसबेला आरोहणका लागि डोरी मिलाउने काममा व्यस्त रहेको बताइएको छ ।

उनी तथा शेर्पाहरु गएराति ९ बजेको समयमा खाना खानका लागि व्यक्तिगत पालबाट बाहिर निस्केका थिए । शेर्पाहरुले डोरी मिलाएर फर्किने क्रममा उनी आफ्नो पालमा मृत भेटिएका थिए । उनको मृत्युको कारण भने स्पष्ट भइसकेको छैन ।