खेलकुद

ब्राजिलको फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

By खबरहब

February 08, 2019

काठमाडौं– ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा आगलागी हूँदा १० जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दी जेनेरियोमा रहेको युवा खेलाडीले अभ्यास केन्द्रमा आगलागि भएको बीबीसीले उल्लेख गरेको छ ।

आगाली भएको क्लबमा तीनजना घाइतेको उद्दार गरिएको समाचारमा उल्लखे छ । मृतक १० जना स्थानीय खेलाडी रहेको स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आगालगीको कारण भने पत्ता लाग्न सकेको छैन् ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चीत फ्लामेङगो फुटबल क्लबमा २ घण्टादेखि आगो नियन्त्रणमा आउन नसकेको समाचारमा उल्लेख छ । मृत्यु हुनेको पहिचान हुन नसकेपनि उनीहरु १४ देखि १७ वर्ष उमेरसमूहका खेलाडी रहेको समाचारमा छ ।

घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।