निजगढ विमानस्थल निर्माणमा ढिलाई नगर्ने पर्यटनमन्त्रीको दावी

By खबरहब

February 08, 2019

काठमाडौं– पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलले मुलुकको बिकासको स्वरुप नै परिवर्तन गर्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कार्यलाई ढिलाई नगर्ने समेत बताए । उनले अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्यलाई सम्पन्न गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

त्यस्तै उनले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धि र बिकासमा रहेको पनि बताए । कार्यक्रममा सरोकारवालाहरुले अन्तराष्ट्रिय बिमानस्थललाई सरकारले प्राथमिकतामा राख्दै छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।