साङ्केतिक तस्वीर

अपराध

कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित ६ जना पक्राउ

By खबरहब

July 08, 2019

काठमाडौं– कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने सोमबार दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ ।