अवार्ड

सार्क फिल्म फेस्टिभलमा स्वस्तिमाले जितिन् बेस्ट परफर्मरको उपाधि

By खबरहब

July 08, 2019

काठमाडौं – नायिका स्वस्तिामा खड्काले चलचित्र ‘बुलबुल’ बाट अवार्ड हात पारेकी छिन् । श्रीलङ्काको कोलोम्बोमा आयोजित ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा उनले बेस्ट परफर्मरको अवार्ड जितेकी हुन् ।

उनले आफूले अवार्ड जितेको सामाजिक सञ्जाल इन्स्टाग्रामका माध्यमबाट दिएकी हुन् । साथै उनले यो अवार्ड नेपालका लागि भएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

फेस्टिभलमा सहभागी हुन स्वस्तिमा श्रीलङ्का पुगेकी थिइन् । उनले केही दिनअघि आफ्नो जन्मदिन मनाएकी थिइन् ।