खेलकुद

हजार्डको पहिलो गोलमा रियल विजयी

By खबरहब

August 08, 2019

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस महारथि रियल मड्रिडले अस्ट्रियाको रेडबुल साल्जबर्गलाई पराजित गरेको छ । प्रि–सिजन पहिलेको मैत्रिपूर्ण खेलमा बुधबार राति रियलले साल्ज्बर्गलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

साल्ज्बर्गको मैदान रेडबुल एरिनामा भएको खेलमा रियलका लागि चेल्सीबाट केही समय अगाडिमात्रै रियलमा आवद्ध भएको इडेन हजार्डले गोल गरे । उनले या गोल रियलका लागि पहिलो गोल बनेको छ ।

साल्ज्बर्गविरुद्ध हजार्डले खेलको १९ औं मिनेटमा गोल गरेका थिए भने त्यहीँ गोल रियलको जीतमा निर्णायक बन्यो ।

युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न रियल र साल्ज्बर्गले मैत्रीपूर्ण खेल खेलेको हो ।