रोचक/विचित्र संसार

यी पाकिस्तानी पत्रकार जो पानीमा डुबे, तर ‘बुम’ छाडेनन् ! (भिडियो सहित)

By खबरहब

August 08, 2019

एजेन्सी– कोही राम्रो कर्म गरेर चर्चामा आउँछन् भने कोही चर्चाकै लागि अनेक फण्डा अपनाउँछन् । केही दिन यता एक पाकिस्तानी पत्रकारको चौतर्फी प्रसंशा भइरहेको छ । उनी आफ्नो कर्मका कारण चर्चामा आएका हुन् ।

केही दिन अघि पाकिस्तानमा आएको बाढीको रिपोर्टिङमा खटिएका ती पत्रकारले पानीमै डुबेर भए पनि आफ्नो कामलाई छाडेनन् । जुन विषय अहिले सामाजिक सञ्जालमा चर्चित बनेको हो । केहीले रिपोर्टरको प्रशंसा गरेका छन् भने केहीले ट्रोल समेत बनाएका छन् ।

भारत र पाकिस्तानमा यो भिडियोलाई फन्नी भिडियोको रुपमा सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । केहीले भने पत्रकारले आफ्नो जीवन नै खतरामा पारेर पत्रकारिता गरेको भनेका छन् ।

पाकिस्तानी पत्रकार अजदर हुसैनले जिओ टिभीका लागि रिपोर्टिङ गरेका हुन् । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने सिन्ध नदीको जलस्तरका विषयमा उनले रिपोर्टिङ गरेका थिए ।

Level of reporting pic.twitter.com/UFZ9lsQVbk

— Salman Qureshi (@Saad612011) July 27, 2019