क्रिकेट

यू–१९ एसिया कपः बंगलादेशविरुद्ध जित्नैपर्ने दबावमा नेपाल

By खबरहब

September 08, 2019

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि हुनेछ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपालले अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

बंगलादेशसँग आज नेपाल पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । पहिलो खेलमा बंगलादेशले युएईलाई पराजित गरेको थियो ।

श्रीलंकाले युएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र युएई प्रतियोगिबाट बाहिरिने छन् । पहिलो खेलमा बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।