रोचक/विचित्र संसार

कुखुराको भालेलाई २ लाख ५० हजार !

By खबरहब

December 09, 2019

एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

तर, यो तत्य नपत्याई सुख नै छैन । हुन त यो बास्तविकता नेपालको भने होइन । समाचार माध्यममा जनाईएअनुसार, इन्डोनेसियामा एउटा भालेको मुल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली भन्दा बढी परेको हो ।

जुन भालेको ब्ल्याक ककपोड सिम्यानी जातको हो । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो हुन्छ । यो दुर्लभ प्रजातिको भाले हो ।

इण्डोनेसियामा पहिलो पटक पाइएको यो कुखुरा १९८८ पछि भने युरोपमा समेत उत्पादन गरिएको थियो ।