मनोरञ्जन

विष्णु माझी र सन्दीपको ‘लालुमै’ करोड क्लबमा प्रवेश

By खबरहब

April 09, 2019

काठमाडौं – गायक सन्दिप न्यौपाने र विष्णु माझीको स्वर रहेको लोकगीत ‘लालुमै’ करोड क्लबमा प्रवेश गरेको छ । पछिल्लो समयको भाइरल यो लोकगीत छोटो समयमा नै युट्युबमा एक करोड दर्शकले हेरेका हुन् ।

यो गीतलाई दर्शकले निकै रुचाएका छन् । शिव हमालको शब्द तथा संगीत रहेको यो गीतमा प्रेम भावलाई समेटिएको छ ।

गीतको भिडियोले पनि दर्शकको मन जितेको छ । भिडियोमा गायक सन्दीपसँगै सृष्टि खड्का लगायतले मोडलिङ गरेका छन् । उक्त भिडियोमा प्रकाश भट्टको निर्देशन देख्न सकिन्छ ।