बलिउड/हलिउड

तपाईलाई थाहा नहुन सक्छ सलमान खानका यी १० रोचक तथ्य

By खबरहब

June 09, 2019

काठमाडौं– चर्चित बलिउड अभिनेता सलमान खानको फ्लिम भारत अहिले हलहरुमा चलिरहेको छ ।

भारत चलचित्रले हालसम्म १०० करोड भन्दा धेरै कमाई गरिसकेको छ । सलमान खान बलिउडका सदावहार अभिनेता मानिन्छन् । उनका १० रोचक तथ्य सबैलाई थाहा नहुन सक्छ ।

यस्ता छन् १० रोचक तथ्य १. उनी साबुन औधी मन पराउँछन् । उनको बाथरुममा साबुनको फिज धेरै हुने गरेको छ । उनलाई प्राकृतिक वनस्पति तथा फलफूलको सुगन्ध भएको साबुन मनपर्छ । २. ‘मैने प्यार किया’ फिल्म रिलिज भइसकेपछि उनी ६ महिना बेरोजगार बसेका थिए । ३. चित्रकला उनको सोख हो । उनले आफ्नो जय हो फ्लिमको पोष्टर आफैँले कोरेका हुन् । अर्का अभिनेता आमिर खानका घरका भित्तामा सलमान खानले कोरेका धेरै चित्रहरु छन् । ४. उनी बच्चैदेखिका उम्दा पौडिबाज हुन् । ५. उनको हालसम्म कुनै पनि इमेल आईडी छैन । उनी मानिसहरुसँग प्रत्यक्ष भेटघाट वा टेलिफोनमा बोल्न रुचाउँछन् । ६. बजरंगी भाइजान फ्लिमको ‘सेल्फी ले ले रे’ भन्ने गीतमा अभिनय गरेपनि उनलाई लामो समयसम्म सेल्फी भनेको के हो थाहा थिएन । ७. उनी आफ्नो चलचित्रमा गरेको अभिनयमा विश्वास राख्छन् । त्यसैले उनी कुनै फिल्म रिभ्यूलाई ध्यान दिँदैनन् । उनी अरुको अभिनय रहेको फ्लिमको पनि रिभ्यूलाई वास्ता गर्दैनन् । ८. उनका फ्यानहरुले उनको नामलाई समर्पित गरी मुम्बईमा ‘भाइजान्ज’ नामक रेष्टुरेन्ट खोलेका छन् । ९. बाजीगर फिल्ममा अभिनय गर्न उनलाई शाहरुख खानभन्दा पहिले अफर आएको थियो । १०. जीत फ्लिममा गरेको छोटो दृश्यबाहेक उनले बेड सिन वा किस सिन गरेका छैनन् ।