अन्तर्राष्ट्रिय

पश्चिम बंगालको सन्देशखालीमा भएको झडपमा ४ जनाको मृत्यु

By खबरहब

June 09, 2019

कोलकाता– भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

पश्चिम बंगालको सन्देशखाली क्षेत्रमा केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा तथा राज्यको सरकार चलाइरहेको तृणमूल काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा उनीहरु मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा मारिनेमा ३ जना भाजपाका कार्यकर्ता तथा अर्का एक तृणमूल काँग्रेसका कार्यकर्ता रहेको जनाइएको छ । झडपका क्रममा अरु १८ जना घाइते भएका छन् ।

भाजपाको झण्डा र पोस्टर टाँस्नेने क्रममा पछिल्लो झडप भएको जनाइएको छ । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेपछि झडप शुरु भएको थियो । हालै भारतमा भएको आम निर्वाचनमा पश्चिम बंगालमा भाजपाले १८ सिट जितेको थियो । अघिल्लो निर्वाचनमा भने भाजपा केबल २ सिटमा सिमित भएको थियो ।

पश्चिम बंगालमा तृणमूल काँग्रेस तथा मुख्यमन्त्री ममता बनर्जी निकै प्रभावशाली रहेको बताइन्छ । आम निर्वाचनको समययतादेखि पश्चिम बंगालका विभिन्न स्थानमा भाजपा तथा तृणमूल काँग्रेसका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।