मनोरञ्जन

रक्षामन्त्री पोखरेलले हेरे मिरूनाको ‘साइनो’

By खबरहब

August 09, 2019

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चलचित्र ‘साइनो’ हेरेका छन् । शुक्रबार चलचित्र टिमले आयोजना गरेको विशेष शो मा पोखरेलले चलचित्र हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि मन्त्री पोखरेलले मन परेको प्रतिक्रिया दिए । ‘फिल्म हेन त मन लाग्छ तर समयमा पाइँदैन, यो फिल्म पनि भुवन दिदीको आग्रहमा हेर्न आएको हुँ,’ उनले भने ।

उनले चलचित्र ‘साइनो’ ले उठाएको सामाजिक कथा मन परेको प्रतिक्रिया दिए । ‘सामाजिक समस्यामा केन्द्रित भएर बनेको यो फिल्म राम्रो लाग्यो,’ उनले भने ।

विशेष शो मा अभिनेत्री भुवन थापा चन्द, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, कलाकार दीपाश्री निरौला, सरोज खनाल, नबल खड्का, मिरुना मगर, राज कुमार, निर्देशक रमेश थापा लगायतको उपस्थिति थियो ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । अभिमन्यु निरवीले लेखेको यो फिल्म आज शुक्रबारदेखि नेपालभर रिलिज भएको छ ।