फोटो फिचर

बिहेअगाडि गर्भवती भएकी एमी ज्याक्सनको स्टाइल (फोटो फिचर)

By खबरहब

August 09, 2019

बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै आमा बन्दैछिन् । केही दिनपहिले मात्र उनले आफ्नो ब्यायफ्रेन्डसँग इङ्गेजमेन्ट गरेकी थिइन् ।

यसबीचमा एमीले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पका साथ तस्वीरहरु शेयर गरिरहेकी छिन् । उनको शरीरमा पनि परिवर्तन आएको छ ।

एमीले हालै एक तस्वीर शेयर गरेकी छिन्, उक्त तस्वीरमा उनी टपलेश देखिएकी छिन् । एमीले उक्त तस्वीर इन्स्टाग्राममा शेयर गरेकी हुन् । उनी गर्भवती भएको ३३ हप्ता भएको बताएकी छिन् ।

उनले आफ्ना तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । त्यसो त एमीले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत नै जानकारी दिएकी थिइन् । हेरौँ उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरु: