फाइल फोटो

पर्यटन

नेपाल एयरलाइन्सलाई उन्नतस्तरमा पुर्‍याउने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता

By खबरहब

August 09, 2019

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पु¥याउने प्रतिवद्धता गरेका छन् ।

मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्वद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताए । उनले अन्तर्राष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद गर्ने पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले, ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सम्वद्ध सबै पक्षलाई केन्द्रित हुन पनि आह्वान गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै राजनीतिक दलका नेताहरुको प्रतिवद्धता लिने अभियानलाई पनि सरकारले अघि बढाउने योजना अघि सारे ।

मन्त्री भट्टराईले सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए ।