औषधी/उपचार

डाक्टर सन्दुक रुइतमा पनि डेंगुको संक्रमण, अस्पताल भर्ना

By खबरहब

September 09, 2019

काठमाडौं– वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतमा पनि डेंगुको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिएपछि डा. रुइत ३ दिन अगाडि अस्पताल भर्ना भएका थिए ।

शुक्रबार ज्वरो आएपछि डा रुइत स्वाथ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । नर्भिक अस्पतालमा परीक्षण गर्दा उनमा डेंगुको संक्रमण देखिएको हो ।

नर्भिककै चिकित्सकहरुको सल्लाहमा उनी अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

रुइतका सहयोगी केदार आचार्यका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

डा रुइत अबको १–२ दिनमै अस्पतालबाट डिस्चार्ज हुनसक्ने आचार्यले जानकारी दिए ।

गत बैसाखमा सुनसरीको धरानबाट शुरू भएको डेंगुको संक्रमण अहिले ६१ जिल्लामा फैलिएको छ । साउन यता मात्रै ३९ सयमा डेंगु भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ ।