फाइल तस्वीर

देश/प्रदेश

नेपालीको खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै पूर्व राजा शाहले दिए बधाई

By खबरहब

December 10, 2019

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडीहरुको प्रदर्शनको मुक्तकण्ठले प्रसंसा गरेका छन् ।

उनले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन गरेका हुन् ।

मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले खेलाडीले दिलाएको सफलताले आफू हर्षित बनेको उल्लेख गर्दै नेपालले खेल क्षेत्रमा गरेको विकासका लागि पनि शुभकामना दिनुभएको छ ।

उनले आगामी दिनहरुमा पनि नेपाली खेलाडीहरुले खेलकुद क्षेत्रमा यस्तै सफलता कायम राख्न सकुन भन्ने कामना गर्दै १३ औं साग खेलकुद सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति पनि आभार व्यक्त गरेका छन् ।