अन्तर्राष्ट्रिय

कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु

By खबरहब

March 10, 2019

काठमाडौं– कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । शनिवार राति भएको दुर्घटनामा विमानका चालकसहित १४ जनाको मृत्यु भएको हो ।

विमान दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरीको समेत मृत्यु भएको जनाइएको छ ।

अमेरिकामा बनेको डगालस डीसी–थ्री जहाज कोलम्बियाको मध्यपूर्वी क्षेत्रमा दुर्घटनामा परेको त्यहाँको नागरिक सुरक्षा सेवाले जनाएको छ ।

कोलम्बियाको नागरिक उड्डयन एजेन्शीले समाजिक सञ्जाल ट्विटरमार्फत १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

#InformaciónOficial | @AeroCivilCol publica lista de ocupantes de la aeronave accidentada esta mañana en inmediaciones de Villavicencio. pic.twitter.com/gdwOMUewWv

— Aeronáutica Civil de Colombia (@AeroCivilCol) March 9, 2019