फाइल तस्वीर

समाचार

सरकार उम्कन पाउँदैन– रिजाल

By खबरहब

March 10, 2019

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेका नेता एवम् सांसद मिनेन्द्र रिजालले  सिके राउतसँग गरिएको सहमतिका केही बुँदामा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले सिके राउतले मधेश आन्दोलनको क्रममा जनमत सङ्ग्रहमा सरकार सहमत भएको भन्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै सहमतिको बुँदा नम्बर २ मा आशंका रहेको बताए । साथै उनले यस विषयमा सरकारले उत्तर नदिइकन उम्कन नपाउने पनि बताए ।

‘नेपालको स‌ंविधानले भनेझैँ नेपाल अविभाज्य हो, भौगोलिक अखण्डतामा जनमत सङ्ग्रह हुन सक्दैन तर त्यसमा जनमत सङ्ग्रह गराउने सहमति भएको छ भनेर सिके राउत भन्नुहुन्छ,’ नेता रिजालले भने, ‘यसको उत्तर नदिइकन सरकार उम्कन पाउँदैन ।’

रिजालले नेपालको अर्थतन्त्रमा कुनै सुधार नभएकोमा सरकारको ध्यानाकर्षण गराए । साथै उनले प्रतिपक्षी सरकार पनि नेपालको अर्थतन्त्र विकासमा साथ दिने बताए ।

उनले ‘तारा हैन, जुनै झारिदिउँला’ र ‘ठट्टैमा जान लाग्यो यो जोवन’ भन्दै सरकारको व्यङ्ग्य गरे ।