समाचार

अवैध १ लाख डलरसहित भारतीय महिला पक्राउ

By खबरहब

May 10, 2019

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक लाख डलरसहित भारतीय एक महिलालाई प्रहरीले पक्राउ गरको छ ।

नेपाल एयरलाइन्सको विमानबाट भारत जान लागेको अवस्थामा भारतीय महिला बन्दना सोनीलाई प्रक्राउ गरिएको त्रिभुवन विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

ती महिलामाथि शंका लागेपछि प्रहरीले चेकजाँचका क्रममा उनको साथबाट अवैध एक लाख डलर बरामद गरेको एसएसपी भण्डारीले बताए ।