आर्थिक

१५ दिनभित्र मुआब्जा माग गर्न प्राधिकरणको आग्रह

By खबरहब

June 10, 2019

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सबस्टेशन निर्माणको लागि मोरङस्थित कानेपोखरी गाँउपालिकाका १२ स्थानीयको जग्गा अधिग्रहण गर्ने भएको छ ।

प्राधिकरणका अनुुसार स्थानीय केशवबहादुर थापा, चन्द्रबहादुर बुढाथोकी, विष्णुमाया नेपाल, टीकामाया खड्का पाण्डे, मेघेन्द्र पाण्डे, गजेन्द्रप्रसाद नेपाल, विष्णुकुमारी दाहाल, द्रोर्ण निरौला, पुष्पा खड्का, सरस्वती सुवेदी दाहाल, केशवबहादुर थापा र पदमबहादुर पाण्डेको जग्गा अधिग्रहण गर्न लागिएको हो ।

अधिग्रहण हुनेमा ३२४, २००, २१०, २३६, २३५, २६७, २६६, २५०, २१७, २३०, २२५, २२६, ९६, २२१, ३१५, ३१६, २२२, १८० र २६५ कित्ता नम्बरको जग्गाहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी १५ दिन भित्र जग्गाधनीको प्रमाण सहित मुआब्जा दाबी गर्न प्रभावित स्थानीयलाई भनेको छ । १५ दिने म्याद गुज्रिएको खण्डमा कानून बमोजिम काम हुने सूचनामा उल्लेख छ ।