अन्तर्राष्ट्रिय

रकेट परीक्षण गर्दा ५ वैज्ञानिकको मृत्यु

By खबरहब

August 10, 2019

मस्को–रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षण गर्दा दुर्घटना भएको छ । परीक्षणका क्रममा भएको विष्फोटमा परी ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु परमाणु वैज्ञानिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

परीक्षणका क्रममा न्योनोस्कादेखि ४७ किलोमिटरको दूरीमा रहेको सेभेरोन्दिस्क शहरको रेडिएसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेको उद्धार गरेका छन् । यो घटनापछि आम मानिसमा रेडिएसन फैसने आशंका गरिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।