अन्तर्राष्ट्रिय

म्यानमारमा पहिरो जाँदा १७ जनाको मृत्यु

By खबरहब

August 10, 2019

यङ्गून– म्यानमारमा भारी वर्षासँगै पहिरो जाँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

दक्षिणी म्यानमारको मोन राज्यमा गएको पहिरोमा अरु दर्जनौं घाइते भएका छन् । घटनामा अन्य कैयौं हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

मोन राज्यको थाफ्यू कोने गाउँमा गएको पहिरोमा ५ महिला तथा ५ पुरुषको मृत्यु भएको पुष्टि भएपनि बाँकीको पहिचान हुन नसकेको बताइएको छ ।

हराइरहेकाहरुको खोजी कार्यका लागि ठूलो सङ्ख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

त्यस्तै, घाइते हुनेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आँकलन गरिएको छ ।